चीन–भारतको सीमामा खटिएका सैनिकलाई सीद्धारा प्रशंशाको चिठ्ठी


२९ भाद्र २०७८, मंगलवार

काठमाडौं – चीनिया राष्ट्रपति सी जिनपिङले आफ्ना सैनिकहरुलाई प्रशंशा सहितको पत्र पठाएका छन ।

तिव्वत स्थित चीनको स्वसासित क्षेत्रमा चीन–भारत सीमामा सुरक्षा गरिरहेका सैनिकहरुलाई सीले चिठ्ठी लेखेका हुन ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार उक्त चिसो हिमाली क्षेत्रमा विगत ५ वर्ष देखी सुरक्षा गरिरहेको “मेडेल प्लाटेउ बटालियन” नामले चिनिने युनिट ७७६५६ लाई उनले सीमाको सुरक्षामा उत्कृष्ट प्रदर्शन भेनेका छन ।

“तपाइँको मिशन कडा छ र तपाइँको जिम्मेवारी भारी छ। मलाई आशा छ कि हाम्रा साथीहरु मिशनको भावनासंग जारी राख्नुहुनेछ, तपाइँको राम्रो परम्पराहरुलाई अगाडि बढाउनुहुनेछ, सैन्य प्रशिक्षण बढाउनुहुनेछ र लडाई को लागी तयार रहनुहुनेछ” सीले भने ।