अमेरिकी समुन्द्रमा देखियो चिनिया शक्तिशाली आधुनिक सैन्य युद्धपोत


२९ भाद्र २०७८, मंगलवार

काठमाडौं – चीनको शक्तिशाली आधुनिक सैन्य युद्धपोत अमेरिकी समुन्द्र देखिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएको छ ।

अमेरिकाको अलस्का समुन्द्रमा चार ओटा चिनिया युद्धपोतहरु देखिएको हो । जस्मा नाम नराखिएको चीन धेरै अधुनिक युद्धपोत प्रकार ०५५ पनि रहेको छ ।

गएको अगष्ट २९ र ३० अलेउटिएन टापुमा देखिएको उक्त जहाजहरुको अमेरिकी रक्षा विभागले जानकारी सहित तस्विर सार्वजनिक गरेको हो ।

चिनिया मिडिया ग्लोवल टाइम्सका अनुसार उक्त जानकारी पछि रक्षा विभागको वेवसाइटबाट हटाइएको जनाएको छ ।

आउथ चाइना मोर्निङ पोष्टमा छापिएको उक्त तस्विरको क्याप्सनमा चिनिया जहाजहरु सुरक्षित र व्यवसायिक देखिएको र उक्त समय अमेरिकी र चिनिया नैसेनाबिच साधारण कुराकानी पनि भएको थियो ।

चिनिया रक्षा मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रया दिएको छैन । यसभन्दा अघि सन २०१५ मा पनि अलस्कामा चिनिया सैन्य युद्धपोतहरु देखिएको थियो ।