तीन महिनापछि तीन चिनिया अन्तरिक्षयात्री पृथ्वीमा फर्किदै


३१ भाद्र २०७८, बिहीबार

काठमाडौं– तीन महिनाको बसाई पछि चीनको तीन जना अन्तरिक्षयात्री पृथ्वीमा फकर्ने तयारीमा छन ।
उनीहरु गएको असारमा अन्तरिक्षमा गएका थिए । चिनिया मिडिया ग्लोबल टाइम्सको अनुसार उनीहरु शुक्रबार घर फर्किन लागेको हो ।

स्पेश स्टेशनको भित्री युनिटबाट शेनजोउ–१२ अन्तरिक्षयान चिनिया समय अनुसार बिहिबार बिहान ९ बजे भन्दा अघि छुटिसकेको छ, जुन पृथ्वीमा फर्कनु अघिको पहिलो कार्य हो ।

उनीहरुलाई चीनको उत्तरी क्षेत्रमा अवतरणको लागी तयारी गरिएको छ ।
चीनले स्थायीरुपमा नै अन्तरिक्ष स्पेश स्टेसन बनाइरहेको छ । त्यसैकार्यको लागी उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो ।





ताजा खबर