३१ भाद्र २०७८, बिहीबार
काठमाडौं – चीनले हेनान प्रान्तमा कोभिड–१९ विरुद्धको बुस्टर डोज भ्याक्सिन दिने भएको छ ।
यसै सेप्टेम्वरबाट चीनमा निर्मित भेरोसेल, आदी कोभिड विरुद्धको दास्रो डोज लगाएका १८ देखी ५९ वर्ष उमेरसमुहकाहरुलाई त्यहा बुस्टर डोज दिन लागिएको हो ।
लगातार तीन महिना चल्ने उक्त अभियानमा दुवै डोजको मात्रा लगाएकाहरुको समय भने ६ महिना कटेको हुनुपर्छ ।
चिनिया मिडिया ग्लोबल टाइम्सका अनुसार हेनानमा ६४.४ मिलियन नागरिकले पहिलो र दोस्रोमात्राको खोप लगाइसकोका छन ।
चीनमा केहि मानिसमा कोभिड–१९ का डेल्टा भेरियन्टको संक्रमितहरु फेलापरेपछि यसअघि देखी नै कोभिड विरुद्धको बुस्टर डोजको खोप लगाइरहेका छन ।
चीनमा बनेको भेरोसेल खोप नेपालमा पनि सबैभन्दा धेरै नेपालीहरुले लगाएका छन । कोभिड विरुद्धको नया भेरियन्टहरुलाई अझ बढी प्रभाकारिता बनाउन बुस्टर डोज सहयोगी हुन्छ ।
चीनले उक्त बुस्टर डोज भने अहिले आफ्ना नागरिकहरुलाई मात्र लगाइरहेको छ र छिटै अन्य राष्ट्रहरुलाई पनि उपलब्ध गराउने तयारीमा छ ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार एक अध्ययनमा बुस्टर डोज लगाउदा पहिले दुवै खोप लगाएको भ्याक्सीनको भन्दा अर्को भ्याक्सीनको बुस्टर डोज लगाउदा अझ बढी प्रभावकारिता देखाएको जनाएको छ ।