पाथिभरा देवीको बारेमा जानकारी


३ फाल्गुन २०७७, सोमबार

खबरटाइम्स – पुर्वको ताप्लेजुङ जिल्लामा अवस्थीत पाथिभरा देवी नेपालको एक प्रशिद्ध तथा पवित्र तिर्थस्थल हो ।

समुन्द्रि सतहबाट ३,७९४ मिटर उचाइमा रहेको पाथिभरा देवीको मन्दिर फुङलीङ नगरपालिकाबाट १९.४ कि.मी. उत्तर पुर्वमा रहेको छ ।

जनकारीको अनुसार परापुर्वकालमा यस स्थानहुदै मानिसहरुले भेडाबाख्राहरु लैजाने(चराउने) गरिन्थ्यो ।

एक दिन यस स्थानमा राखिएको सबै भेडाबाख्राहरु हराए र उनीहरुलाई राती सपनामा देवीले दर्शन दिनुभएर त्यस स्थानमा आफ्नो मुर्ति रहेको र पुजा गर्न भन्नुभएपछि खोज्दैजादा ५ ओटा देवीको मुर्ति उनीहरुले भेटाएका थिए ।

त्यसपछि क्षमायाचना सहित पन्चकन्या देवीको पुजा आराधाना गरेपछि उनीहरुको हराएको भेडाबाख्राहरु पुन भेटिएको थियो ।

र सोही समय देखि नै यस स्थानमा पन्चकन्या देवीको पुजा गर्न थालिएको हो । पन्चकन्या देवी पाथिको आकारको पहाडको चुचुरामा अवस्थीत रहनुभएको हुदा यस मन्दिरलाई पन्चकन्या कालिका पाथिभरा देवी भनिएको हो ।

पाथीभरा देवीको बारे भिडियो