संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बस्यो: केपी ओली


१२ आश्विन २०७८, मंगलवार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको बताएका छन ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गरे ।

प्रमुख सञ्चार माध्यामका सम्पादकहरुसँग मंगलबार अपरान्ह अन्तरक्रिया गर्दै उनले सरकारलाई सञ्चार माध्यामहरुले खवरदारी गर्न नपुगेको पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले भने, ‘सरकारलाई खवरदारी गरेन भने लापरबाही जस्तो हुँदो रहेछ । जस्तो अहिलेको सरकार । अहिलेको सरकारलाई खवरदारी पुगेनकि जस्तो लाग्छ । संविधान, कानुनको मतलव छैन ।’ अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गरे ।





ताजा खबर