एमाले संवादबाट भाग्न खोज्यो: ज्ञानेन्दबहादुर कार्की


१४ आश्विन २०७८, बिहीबार

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी भएन । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा एमालेले बहिष्कार गरेको थियो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताए । बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रुपमा सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दल(नेकपा) एमालेले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले बताउनुभयो ।

संघीय संसदको दुवै सदमा जनताको दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरु थन्किएको भन्दै उनले अहिले संसदको बैठक आवश्यकता रहेकाले आवश्यकताको महसुस गर्दै आगामी दिनमा बैठकमा उपस्थिति हुने विश्वास व्यक्त गरेको पनि उनले उल्लेख गरे ।





ताजा खबर