१४ आश्विन २०७८, बिहीबार
काठमाडौं – साइबर सुरक्षाको विषयमा काम गर्दै आएको नेपाली कम्पनी भैरव टेक्नोलोजी एसियाको उत्कृष्ट १५ कम्पनीभित्र पर्न सफल भएको छ ।
विश्वको साइबर सुरक्षासँग सम्बन्धित कम्पनीहरूको संगठन म्यानेज सेक्युरिटी सर्भिस प्रोभाइडर अलर्टले हालै जारी गरेको नयाँ प्रतिवेदनअनुसार भैरव टेक्नोलोजी विश्वको १५१औं र एसियामा उत्कृष्ट १५ कम्पनीभित्र परेको हो ।यसअघि सन् २०२० मा भैरव विश्वको २१२औं स्थानमा रहेको थियो ।
एक वर्षको अवधिमा उल्लेख्य सुधार हुँदै भैरव १५१ औं स्थानमा उक्लिएको हो । त्यस्तै एसियाको हकमा यसअघि कम्पनी उत्कृष्ट २० कम्पनीभित्र रहेको थियो । त्यसमा पनि सुधार हुँदै उत्कृष्ट १५ कम्पनीभित्र पर्न सफल भएको छ ।