जनयुद्धको बेला युद्धमा जान नपाउदा रुनेहरु अहिले मन्त्री र पैसा नपाउदा रुन्छन : प्रचण्ड


१४ आश्विन २०७८, बिहीबार

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपद नपाउदा नेताहरु रुने गरेको बताएका छन ।

प्रचण्डले बिहिबार अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा बोल्दै जनयुद्धका बेला युद्धमा जान नपाउदा रुनेहरु अहिले मन्त्री र पैसा नपाउदा रुने गरेका बताएका हुन ।

उनले आफुले जतिपनि नेताहरुलाई माथिल्लो पद दिएर मन्त्रि बनाए पनि उनीहरु त्यति नै अवसरबादी भएको र भ्रष्ट र दलालहरु मिल्न गएको बताएका हुन ।

आजबाट प्रज्ञा भवन कमलादीमा सूरुभएको नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन असोज १६ गते सम्म चल्नेछ
यो सम्मेलनले सो संगठनको नयाँ नेतृत्व चयन गर्नेछ ।





ताजा खबर