गाउँ गाउँमा केपीको आतंक छ, प्रतिगामीलाइ तह लगाउनुपर्छ : प्रचण्ड


१४ आश्विन २०७८, बिहीबार

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको गाउँ गाउँमा आतंक रहेको बताएका छन ।

अहिले गाँउ गाउँमा प्रतिगामी, गणतन्त्र विरोधी तत्वहरु सकृय भैरहेको भन्दै त्यसका विरुद्ध जाइलाग्न विद्यार्थी संगठन र वाईसिएललाई निर्देशन दिएका हुन ।

प्रचण्डले बिहिबार अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा बोल्दै गणतन्त्र र देशको परिवर्तन ल्याउने आफुहरु भएको भन्दै प्रतिकृयावादी, जाली फटाहा र जनविरोधीहरुले क्रान्तिकारीहरुलाई हेप्न खोजेको भन्दै त्यसका विरुद्ध लाग्न भनेका हुन ।

‘गाउँ गाउँमा आम जनताको पक्षमा लडने वाइसिएलको आतंक छैन, केपी आतंक छ, जस्ले गणतन्त्र रोक्ने काम गर्यो त्यसको पो आतंक छ ।’ प्रचण्डले भने ।





ताजा खबर