पूर्वमाओवादीहरु एक हुनुपर्छ: पुष्पकमल दाहाल


१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समुहमा रहेका पूर्वमाओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन ।

शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टिकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरु एक ठाउँमा उभिनुपर्ने रहेको बताएका हुन ।

माओवादी आन्दोलनलाई बिद्रुपिकरण र बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताए । यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मसमिक्षा गर्नुपर्ने जरुरी रहेको उनले उल्लेख गरे ।

 





ताजा खबर