पूर्वमाओवादीहरु एकै ठाउँमा आउनेकुरा भावनात्मक: डा. बाबुराम भट्टराई


१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरु एकै ठाउँमा आउनेकुरा भावनात्मक कुरा मात्रै भएको बताएका छन ।

शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै भट्टराईले पूर्व माओवादीहरु एकै ठाउँमा आउनेकुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरे । उनले पूर्वमाओवादी एकठाउँमा आउने भन्दापनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याए ।

पूर्व माओवादीहरु एकै ठाउँमा नभई नयाँ ठाउँमा आवद्ध हुनुपर्ने उनको भनाई छ । अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भएपनि प्रतिगमनको नयाँ संस्करण आउनसक्ने बताए ।

अर्लि इलेक्शनको नाममा पुनः कांग्रेस र एमालेलाई अगाडी ल्याउने र माओवादीलगायतका मधेश जनजाति आन्दोलनबाट आएको उपलब्धीलाई उल्ट्याउने प्रयत्न भइरहेको उनले बताए ।





ताजा खबर