महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ: प्रकाशमान सिंह


१६ आश्विन २०७८, शनिबार

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन ।

काँग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर काँग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अव पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क समेत गरे ।

नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी रहेको पनि बताए । उनले सभापतिमा आफू कुन कारणले अयोग्य छु ? भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रश्न गरे ।

कार्यक्रममा बोल्दै काँग्रेस युवा नेता गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढन पनि काँग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औल्याए ।

 





ताजा खबर