पोलको भाडा नतिरेपछि प्राधिकरणले सुरु गर्यो तार काट्न


१६ आश्विन २०७८, शनिबार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले निर्धारित मितिमा पोल भाडा नतिरेको भन्दै इन्टरनेट सेवाप्रदायकको केबल तार काट्न सुरु गरेको छ ।

देशको बिभिन्न स्थानमा शांकेतिक रुपमा सुरुमा साना केवल व्यवसायीहरुको तार काट्न सुरु गरेको हो।

यसैक्रममा प्राधिकरणको भरतपुरमा रहेको सबस्टेसन अगाडि रहेको पोलका इन्टरनेट तार समेत हटाइएका छन् । जसले गर्दा आफ्नो सम्पूर्ण इन्टरनेट सिस्टम नै डाउन भएको स्थानीय इन्टरनेट सेवाप्रदायक कम्पनी प्राइम नेटवर्कले जानकारी दिएको छ ।





ताजा खबर