कैलालीका पहिरो पीडित परिवार अझै बिचल्लीमा !


१६ आश्विन २०७८, शनिबार

काठमाडौं – कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई बर्ष अघि गएको पहिरो पिडित अहिले सम्म पनि जंगलमै बसिरहेका छन् ।

पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन । बैज्ञानिक मापदण्ड बिपरित बर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । पहिरोको कारणले गाँउनै बिस्थापित भइरहेकाछन् ।

चुरे गाउपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणि लगाएतका गाउमा पहिरोका कारण गाँउनै बिस्थापित हुन थालेका हुन ।चुरेका बिभिन्न बस्तीमा पहिरो जानथालेपछि त्यहाका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै बिस्थापित घर बिहिन बन्दै गएका छन् ।

गाउमा बस्न सक्ने अवस्था नभएपछि केहि सडकमै बसिरहेका छन् । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ ।

यता सरकारले बिस्थापतिहरुको बारेमा केहि नगरेको स्थानीयले आरोप लगाएका छन् ।गत बर्ष आएको पहिरोका कारण पट्रेनि, गुणिका ३ सय परीवार बिस्थापित भएका छन । यस्तै भदौ ९ र १० गतेको भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन् ।





ताजा खबर