एमालेको दशौँ राष्ट्रिय महाधिवेशन बुटबलमा हुने


१७ आश्विन २०७८, आईतवार

काठमाडौं – नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ ।

एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले निर्वाचन आयोगको नेतृत्व गठन गर्नुपर्ने व्यवस्था भए बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय समिति प्रस्ताव गरेका थिए।

अध्यक्ष ओलीको प्रस्तावलाई सर्वसम्मतरुपमा एमाले विधान महाधिवेशनको हलले पारित गरेको हो । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन बुटबलमा हुने भएको छ।





ताजा खबर