अब पार्टीभित्र फरक मत छैन : विष्णु पौडेल


१८ आश्विन २०७८, सोमबार

काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताएका छन । पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी समेत गरे ।

उनले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे ।

सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए ।





ताजा खबर