इटालीमा विमान दुर्घटना, ८ जनाको मृत्यु


१८ आश्विन २०७८, सोमबार

काठमाडौं – उत्तरी इटालीको मिलान शहरमा रहेको एउटा खाली कार्यालय भवनमा उडिरहेको विमान खसेर दुर्घटना हुँदा विमानसमा सबार आठै जनाको मृत्यु भएको छ ।

निजी क्षेत्रको सो विमानमा सबार सबैको मृत्यु भएको बताइएको छ । सार्डिनिया टापुसँग आवद्ध सो विमान लिनेट विमास्थलबाट उडान भरेको केही समयमा नै तल खसेको बताइएको छ । विमानका चालक रोमानियाली अर्वपति ६८ वर्षीय डेन पेट्रस्कु रहेको बताइएको छ ।

चालकका साथ उहाँ श्रीमती र छोरा समेत विमानमा सवार रहेको इटालियन संचार माध्यमहरुले जनाएका छन् । खाली कार्यालय र कयौं कारहरु पार्क भएको स्थानमा विमान खसेको थियो । तर जमिनमा रहेका कसैको पनि दुर्घटनामा परी मृत्यु नभएको बताइएको छ । विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।





ताजा खबर