खाद्यले आउँदो शुक्रबार देखि खसीबोका बिक्रि सुरु गर्ने


१८ आश्विन २०७८, सोमबार

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो असोज २२ गतेदेखि खसीबोकाको विक्रि वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ ।

गत वर्ष एक हजारवटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै विक्रि वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।

तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा विक्रि वितरण नगर्ने बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सुचना अधिकृत सर्मिला न्यौपाने ले घटस्थापनाको भोलीपल्ट देखि अर्थात असोज २२ गतेदेखि राजधानीमा खसिबोका विक्रि वितरण सुरु गर्ने जानकारी दिए ।

कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले जानकारी दिए । कम्पनीले विगतमा नीजि क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसि बोका विक्रि गर्ने सुचना अधिकृत न्यौपानले जानकारी दिए ।





ताजा खबर