फेसबुक डाउन हुँदा मार्क जुकरबर्गले ६ घण्टामा गुमाए ७ खर्ब


१९ आश्विन २०७८, मंगलवार

काठमाडौं – फेसबुक डाउन हुँदा कम्पनीका संस्थापक मार्क जुकरबर्गले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ । सोमबार राती सवा ९ बजेबाट फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम सबै एकै पटक डाउन भएको थियो ।

झन्डै ६ घण्टापछि मात्रै सर्भिस सुरु भएको थियो । त्यसरी सबै सर्भिस एकै पटक डाउन हुँदा केही घण्टाभित्रै मार्क जुकरबर्गको कूल सम्पत्तिमा ५.९ बिलियन डलर अर्थात करिब ७ खर्बको गिरावट आएको छ ।

अमेरिकी सेयर बजारमा आएको गिरावटले यस्तो अवस्था सिर्जभएको हो । सेयर बजारमा एकै दिन फेसबुकको मूल्य पाँच प्रतिशत घटेको छ ।





ताजा खबर