चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाइयो


१९ आश्विन २०७८, मंगलवार

काठमाडौं – सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो ।

बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खनगल्लीमा ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताए ।

उनले पसलहरुले बिक्री गरिरहेका लताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताए । अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको बताए । उनले तीन जनालाई तत्काल जरिबाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए । उनले पसलमा मुख्य व्यापारी नभएकोले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने बताए ।





ताजा खबर