दश बूँदे सहमतीलाई निर्जीव ढंगले नबुझ्नुस्: इश्वर पोखरेल


२२ आश्विन २०७८, शुक्रबार

काठमाडौं – नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले दश बूँदे सहमतीलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन । महासचिव पोखरेलले दश बूँदे सहमतीलाई जिवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरुलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे ।

पार्टी निकट नेपाल बुद्धिजीवी परिषदले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरुलाई समेटेर लैजादामात्रै १० बूँदे सहमतीको जीवन्त कार्यन्वयन हुने दावी समेत गरे ।

उनले भने, ‘दश बूँदे ठिक छ । त्यो सुझाव हो । त्यो सुझावलाई सृजनात्मक ढंगले लागू गर्ने । रचनात्मक ढंगले बुझ्ने । जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने । अव के गर्ने हो भने हिजो जो–जो साथीहरुले के गर्नु भो भन्ने बारे समिक्षा गरौंला । तर अहिले गर्ने एउटै कुरा हो–पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेटदै लैजाने हो । दश बूँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नू हुँदैन । सृजनात्मक ढंगले बुझ्नु प¥यो ।’





ताजा खबर