पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खानको मृत्यु


२४ आश्विन २०७८, आईतवार

काठमाडौं – पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको  निधन भएको छ । पाकिस्तानमा परमाणु कार्यक्रम सञ्चालन गर्न मुख्य भूमिका खेलेका खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।

खानको नेतृत्वमा पाकिस्तानले सन् १९९८मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो । पाकिस्तान परमाणु हतियार निर्माण गर्ने पहिलो इस्लाम मुलुक हो । पाकिस्तानी प्रधानमन्त्री इमारन खानले उनको निधनप्रति दुःखद व्यक्त गरेका छन् ।





ताजा खबर