एमसीसी संसदबाट पारित हुन्छ : प्रधानमन्त्री देउवा


५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताए ।

बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताए ।

प्रधानमन्त्री देउवाले भने ‘एमसीसी पास हुन्छ, एमसीसीको सबैभन्दा झुटो प्रचार गरिएको छ, वल्र्ड बैंक छ, एडीबी छ, अन्तर्राष्ट्रिय कानून लागू हुन्छ, मुद्दा लाग्छ, उनीहरुले नेपालको कानून नै एमसीसी भन्दा माथि हुन्छ भनिसकेको छ, नेपालमा अनुदान आउनु राम्रो हो, सित्तैमा आउने पैसा हुँदैन, हुँदैन भन्छन् ।’