जिपलाइनमा रमाउँदै प्रचण्ड


५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिएका छन। पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुग्नुभएका उनले आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका हुन ।

साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उनको भनाइ छ ।

सिन्धुपाल्चोकका केदार थापा (३८ वर्ष) (अध्यक्ष) र काठमाडौंका भूपेश श्रेष्ठ (२९ वर्ष)ले वल्ड वाइड एड्भेन्चर प्रा. लि. मार्फत् धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका थिए ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्याण्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।