५ बैशाख २०७९, सोमबार
वैशाख ०५, काठमाडौं – साताको कारोबार भएको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ ।
सोमबार शेयर बजार मापक नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.८२ अंक घटेर ४४४.१५ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स २.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६२ अंकले घटेको छ ।
सोमबार कारोबारमा २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा सामान्य बढेको छ ।