केपी ओली केहि लाज र घिन बाकी भए राजीनामा दिनुस, नत्र इतिहासमा मिल्काइने छ : प्रचण्ड


११ फाल्गुन २०७७, मंगलवार

फाल्गुन ११, २०७७ काठमाडौँ– नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन ।
मंगलबार संसद पुनःस्थापनाको भएको खुसियाली कार्यक्रममा बोल्दै प्रचण्डले ओलीको केहि लाज घिन बाकी भए राजीनामा दिन भनेका हुन ।
उनले तत्काल राजिनामा नदिए इतिहासमा मिल्काइने चेतावनी समेत दिइका छन ।
प्रचण्डले संसद पुनःस्थापनाका लागी संघर्षमा साथदिने गर्ने मिडियाकर्मि, नागरिक समाज, बुद्धिजिबी तथा सबैलाई धन्यवाद समेत दिएका छन ।
साथै कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको सही निणर्य गर्ने अदालत, न्यायाधिस, प्रधानन्यायाधिस  प्रति पनि आभार प्रकट गरेका छन।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटन आज सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको हो ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका