विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने


२१ बैशाख २०७९, बुधबार

काठमाडौं – विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ । नेपालको वित्तिय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधिकरण गर्न र नेपालमा वित्तिय सेवामा पहँुच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपालमा उपलब्ध गराउने सम्झौंता गरिएको हो ।

बुधबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रममा बीच अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौंतामा हस्ताक्षर गरे ।

कोभिड महामारी, जलवायू परिवर्तनका जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तिय समावेशीकरणको आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पु¥याउने अर्थ सचिव मरासिनीले बताए ।