कांग्रेसको प्रतिष्पर्धी एमाले हो, माओवादी होइन: रामचन्द्र पौडेल


२२ बैशाख २०७९, बिहीबार

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी काँग्रेसको प्रतिष्पर्धी नभएको बताए ।

बिहीवार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन। उनले आज नेपाली काँग्रेसबाट भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेता जगन्नाथ पौडेलसँग भेटेको बताउँदै उहाँहरुले नेपाली काँग्रेसको प्रतिष्पर्धी माओवादी नेकपा एमाले भएको बताए ।

उनले मेयरका उम्मेदवार पौडेल पक्षहरु आफ्नो तर्क सुन्न नचाहेको र इमोशनमा, भावावेशमा, एउटा उत्तेजनामा उम्मेदवारी दिइरहेको आरोप लगाए । वरिष्ठ नेता पौडेलले काँग्रेसको अहिलेको प्रतिष्पर्धा एमालेसँग भएको र ओली प्रवृतिसँग आफ्नो असहमति र द्वन्द्व रहेको दाबी गरे ।