रुख चिन्हबाहेक अन्त मत हालिँदैन भन्ने रटानले मुलुकको हित हुँदैन: प्रचण्ड


२३ बैशाख २०७९, शुक्रबार

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रुख चिन्हबाहेक अन्त मत हालिँदैन भन्ने रटानले मुलुककै हित नगर्ने तर्क गरेको छन ।

अध्यक्ष दाहालले रुखवालाले बडो खुसी र गर्वका साथ हसिँया हतौडामा मत हाल्न नसके त्यो लोकतन्त्र र मुलुककै लागि खतरा हुने पनि दोहो¥याए ।

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले रुख चिन्हबाहेक अन्त मत नहाल्ने र हसिँया हतौडोबाहेक अन्य चिन्हमा मत नहाल्ने जमात गठबन्धनभित्रै रहेको उल्लेख गर्दै उहाँले त्यसले सिंगो मुलुककै हित नगर्ने बताए ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई पूर्णता दिन, मुलुकको विकास र समृद्धिका लागि सत्तारुढ गठबन्धन दलहरुभित्रका सबै दलहरुले सहमति अनुसार मतदान गर्नुपर्ने बताए ।