गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको छ: रामचन्द्र पौडेल


२३ बैशाख २०७९, शुक्रबार

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसहरुलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताएका छन ।

शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरु उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताए ।

उनले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु भएको बताए ।

उनले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरिमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने खेल भएको पनि बताए ।