गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु हो: चित्रबहादुर केसी


२३ बैशाख २०७९, शुक्रबार

काठमाडौं, वैशाख २३ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताएका छन।

शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताएका हुन ।

उनले गठबन्धनलाई भोट नदिनु बेइमानी भएको बताए । गठबन्धनका उम्मेदवारहरुलाई जनमोर्चाले इमान्दारीतापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उनले आफ्ना उम्मेदवार भएको ठाउँमा पनि गठबन्धनका सबैले सहयोग गर्न उनले आग्रह गरे ।

अध्यक्ष केसीले जनमोर्चा सत्तारुढ गठबन्धनमा सहभागि भएकोमा कतिपयले विरोध गर्ने गरेको भन्दै आफुले विगतमा पनि गिरिजाबाबु, गणेशमान लगायतसँग सहकार्य गरेको बताए । उनले आफ्नो पार्टी प्रतिनिधि सभा विघटन भएदेखि नै गठबन्धनको पक्षमा रहेको स्पष्ट पारे ।