ओलीले अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि गठबन्धन गरेको: देउवा


२४ बैशाख २०७९, शनिबार

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरुबीच गठबन्धन गर्नु परेको बताएका छन। सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहो¥याए ।

शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा बोल्दै उहाँले नेपाली काग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि काग्रेसले प्रश्न उठाउन नसक्ने बताए ।

देउवाले तराई मधेसमा नागरिकताको समस्या रहेको बताउदै यसलाई छिटो समाधान गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मधेशमा विद्यमान नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए । उनले विगतमा एमालेको कारण सो समस्या समाधान हुन नसकेको आरोप समेत लगाए ।

अध्यक्ष दाहालले अब सदन खुल्ने बित्तिकै नागरिकता समस्या समाधान हुने बताए । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए ।