माओवादी केन्द्रको प्रयासमा मधेसप्रदेशमा जनयुद्ध दिवस मनाइन्छः आन्तरिक मामिलामन्त्री साह


२६ बैशाख २०७९, सोमबार

सर्लाही – मधेसप्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले नेकपा माओवादी केन्द्रको प्रयासमा जनयुद्ध दिवस मनाउन सरु भएको बताएका छन ।

आज सर्लाहीको चन्द्रनगर गाउपालिकामा स्थानिय चुनाव प्रचारप्रसारको क्रममा उनले माओवादी केन्द्रको कारण मधेसप्रदेश जनयुद्ध दिवस मनाउन थालिएको बताएका हुन ।
उनले आफ्नो सरकारले सहिद परिवारलाइ जनहि ३ लाख रुपैया वितरण गरेको समेत बताए ।

देशमा गणतन्त्र ल्याउन माआवादीका कारण सम्भव भएको भन्दै उनले गणतन्त्रको नितिकर्ता पार्टी माआवादी केन्द्रलार्ई भोट हाल्न अनुरोध गरे ।
गएको वर्षदेखी मधेस प्रदेशमा फागुन १ गते जनयुद्ध दिवस गते मनाइने गरिन्छ, नेकपा माओवादी केन्द्रले फागुन १ गतेलाई आफ्नो जनयुद्ध दिवसको रुपमा मनाउदै आएको छ ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य विश्वजित डिसीको पनि उपस्थिति रहेको थियो ।