लालबन्दीलाई प्रल्हाद बुढाथोकी जस्तो उम्मेदवार पाउनु खुसी र गर्वको कुरा : प्रचण्ड


२७ बैशाख २०७९, मंगलवार

सर्लाही, लालबन्दी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालबन्दीलाई प्रल्हाद बुढाथोकी जस्तो उम्मेदवार पाउनु खुसी र गर्वको कुरा रहेको बताएका छन ।

उनले लालबन्दी बजारमा आज स्थानिय चुनावको प्रचारप्रसार गर्नेक्रममा बुढाथोकी असल र सच्चा कम्युनिष्ट नेता रहेको भन्दै  सो कुरा बताएका हुन ।

प्रचण्डले भने ‘उहा हाम्रो पार्टीको मुख्य सचिवको रुपमा बडो सफलताका साथ केन्द्रिय कार्यलय संचालन गर्नु भएको अनुभव छ,  एउटा असाध्य असल कम्युनिष्ट भित्र पर्नुहुन्छ प्रल्हाद बुढाथोकी, कम्युनिष्ट र बामपन्थीलाई मायागर्ने लालबन्दीवासीलाई प्रल्हाद वुढाथोकी जस्तो उम्मेदवार पाउनु खुसी र गर्वको कुरा हो ।’

लालबन्दी नगरपालिकाको नगर प्रमुखको लागी नेकपा माओवादी केन्द्रका उम्मेदबार उठाउने केन्द्रमा सहमति भएपनि स्थानिय स्तरबाट नेपाली काँग्रेसले पनि उम्मेदबारी दिएकोमा उनले असन्तृष्टी जनाए ।

साथै अध्यक्ष प्रचण्डले मयेरमा नेकपा माओवादी केन्द्रका प्रल्हाद वुढाथोकी र उप-मेयरमा नेकपा एकिकृत समाजवादीको गोविन्द अधिकारी नै गठबन्धनका आधिकारीक उम्मेदबार रहेको बताए ।

उनले लालबन्दीको मेयरमा प्रल्हाद बुढाथोकी हुदा स्मार्ट सिट, कृषीको बजारमा विकास गर्न सकिने बताए ।