एमालेको जित सुनिश्चित छ: केपी ओली


२७ बैशाख २०७९, मंगलवार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भईसकेको दावी गरेका छन । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूहरु एमालेको जीतका लागि बैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताए ।

मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गरे ।

उनले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहो¥याए । अध्यक्ष ओलीले भने, ‘हामीले जितको तयारी गरिसक्यौं । नेकपा एमालेका जित अनिवार्य छ । अवश्यमभावी छ । एमालेले अत्याधिक बहुमतका साथ जित्नुपर्छ । यो व्यक्तिहरुको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाई होईन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होईन ।’