२८ बैशाख २०७९, बुधबार
एजेन्सी – अल जजिरा मिडियाको संवाददाता शिरीन अबू अकलेहको इजराइली सेनाको गोली लागी मृत्यु भएको छ। शिरीन वेस्ट बैंकको जेनिन शहरमा बुधवार इजराइली सेनाको छापामारीको बारे समाचार संकलन गर्ने गएकी थिइन।
समाचार एजेन्सी एपीको अनुसार शिरीन अल-जजिराको प्रसिद्ध फलस्तीनी महिला रिपोर्टर थिइन। खबरको अनुसार गोली लागेको केहि समय मै उनको मृत्यु भएको थियो।
इजराइली प्रधानमन्त्री नफ्टाली बेनेटले भने घटनाको बचाऊ गर्दै फलस्तीनीहरुले अन्धाधुन्दा गोली चलाउदा शिरीनको मृत्यु भएको जनाएको छ।