सबैको माया छ, जित्नेमा विश्वस्त छु : सुनिता डंगोल


३० बैशाख २०७९, शुक्रबार

काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन ।
रेका हुन । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा आजको दिन मतादाताको एक भोटको पनि धेरै महत्वपूर्ण हुने भएकोले योग्य र मन परेको उम्मेदवारलाई भोट हाल्न आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहीत रहेको र जनताको माया पाएकोले आफूले जित्नेमा विश्वस्त रहेको बताए ।

उपमेयरकी उम्मेदवार डंगोलले भने, ‘अधिकारको प्रयोग गरेर मत हालौँ । म पनि एकदमै उत्साहीत छु । मैले जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार हो ।’

उपमेयरकी उम्मेदवार डंगोलले अबको केही दिनमा नै नतिजा आउने भएकोले संयमता अपनाएर बस्न र उचित उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गरे । स्थानीय तहको निर्वाचन आज देशभरका ७५० स्थानीय तहमा भइरहेको छ ।