वैशाख ९ गतेसम्म देउवाले चुना सारौँ भन्नुभएको थियो : ओली


३० बैशाख २०७९, शुक्रबार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रश्ताव गरेको दाबी गरेका छन ।

शुक्रवार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रश्ताव गरेको बताए । उनले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुना तोकिएकै समयभित्र भएको बताए ।

अध्यक्ष ओलीले देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको बताए । दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ काँग्रेसहितका दलहरु रहेको बताए । अध्यक्ष ओलीले नेपाली काँग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा रहेको बताए ।