फराकिलो मतान्तरले विजयी हुन्छु: चिरिबाबु महर्जन


१ जेष्ठ २०७९, आईतवार

काठमाडौं – ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुवैले आफू विजयी हुने दावी गरेका छन ।

काँग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिनु भएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिए भने एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले विगतको भन्दा आफ्नो पार्टीको राम्रो मत भएकाले आफू विजयी हुने तर्क गरे ।

महर्जनले सञ्चारकर्मीमाझ आफू विगतमा भन्दा दशौं गुणा बढि मतका साथ विजयी हुने प्रक्षेपण गरेको बताए ।