विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै


२ जेष्ठ २०७९, सोमबार

काठमाडौं – आज २५६६ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमलाई विष्णुको अवतारका रुपमा पूजा गरिन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याएको स्मरण स्वरुप आज बुद्ध जयन्ती मनाउने प्रचलन छ । बुद्धको जन्म, ज्ञान प्रप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकोले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्वीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्ध जयन्ती मनाउने गर्दछन् । आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ । बुद्ध जन्मस्थलमा आज बुद्ध जयन्तीको अवसरमा पूजनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका छन भने प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनीमा नै छन ।