स्वीडेन र फिनल्याण्डसँग कुनै समस्या छैन : पुटिन


२ जेष्ठ २०७९, सोमबार

एजेन्सी – रुसको राष्टपति भ्लादिमिर पुटिनले छिमेकि राष्ट स्वीडेन र फिनल्याण्डसँग समस्या नरहेको बताएका छन । स्वीडेन र फिनल्याण्ड दुवै राष्टले नेटोमा आवद्धहुने आधिकारीक घोषणा गरपछि पुटिनको उक्त भनाइ आएको हो ।

रुसी मिडिया आरटिको अनुसार सैन्य गठबन्धनको विस्तारले खतरा रहेपनि दुवै मुलुकसँग समस्या नरहेको पुटिनले बताएका हुन ।

‘फिनल्याण्ड र स्वीडेनको नाटोमा सम्भावित प्रवेशले रूसको लागि तत्काल खतराको प्रतिनिधित्व गर्दैन तर गठबन्धनको सैन्य पूर्वाधारको विस्तारले मस्कोले निश्चित रूपमा प्रतिक्रिया दिनेछ’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार भने।