स्थानीय निर्वाचनको परिणाम उत्साहजनक छैन: झलनाथ खनाल


३ जेष्ठ २०७९, मंगलवार

काठमाडौं – सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरे ।

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सम्मानित नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बनाएका हुन। उनले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको बताए ।

आगामी दिनमा गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा भने छलफल गरेर टुंगोमा पुगिने उनको भनाई छ ।