भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ : बाबुराम भट्टराई


४ जेष्ठ २०७९, बुधबार

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताए ।

बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन।

उनले नेपालले भारतसँग सुगौली सन्धिपछि मुलुक परनिर्भरतामा गएकाले विगतमा भारतसँग भएका व्यापार सन्धिहरु पुनरावलोकन हुनुपर्ने आवश्यकता देखिएको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले भारत र नेपालबीचको असमान व्यापार सम्बन्ध तत्काल सच्याउनुपर्ने भएको बताए ।

उनले नेपालमा सुगौली सन्धि भन्दा पहिले नेपालबाट भारतमा ५ गुणा बढी निर्यात गर्ने भए पनि त्यसपश्चात् नेपालले उल्टो ५ गुणा बढी आयात गर्न लागेको बताए । अहिले भारतबाट नेपालले निर्यात भन्दा १५ गुणा बढी आयात गर्ने गरेको दाबी गरे । भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनु सरकारले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताए ।

सरकारले भारतसँग नयाँ सम्झौता गर्दा विशेष सुविधा मागेर सच्याउनुपर्ने भन्दै उनले असमान व्यापार सम्बन्ध नसचिए नेपाल सधैँ परनिर्भर भइरहनु पर्ने बताए । भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उनले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताए । अर्थनीति बनाउँदा आफ्नै देशको हीतलाई नै केन्द्रमा राखेर राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री भट्टराईले निजी सम्पतिको अभिलेखीकरणका लागि सरकारले सम्पतिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले व्यक्तिगत सम्पतिमा एकपटक कर मिनाहा गर्नेगरी सम्पतिको स्वघोषणा कार्यक्रम ल्याउन सरकारसँग माग गरे । भूमिमा निजी स्वामित्व