गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्मै कायम रहन्छ: सचेतक भुसाल


४ जेष्ठ २०७९, बुधबार

काठमाडौं – नेपाली कांग्रेसकि सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सचेतक भुसालले आगामी संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताएका हुन ।

पार्टीले गठबन्धनलाई कायम राख्ने सोच बनाउने उनले बताए । उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महशुस भएको बताए । उनले कांग्रेसको काँधमा जिम्मेवारी थपिएको बताए ।

उनले भने – ‘नेपाली कांग्रेसले जुन अग्रता लिइराखेको छ, त्यसबाट आम जनताको नेपाली कांग्रेस प्रतिको आस्था, विश्वास बढेको हामीले महशुस गरेका छौँ । नेपाली कांग्रेसको काँधमा केही जिम्मेवारी पनि थपिएको हामीले महशुस गरेका छौँ र यही निर्वाचनलाई भोलिको दिनमा प्रदेश र केन्द्रको निर्वाचनमा समेत यसैगरी यही गठबन्धनको माध्यमबाट प्रदेश र केन्द्रीय निर्वाचनमा पनि अगाडी बढ्ने सोच राखिएको छ ।’