सर्लाहीको लालबन्दीमा काँग्रेस, हरिवन र बागमति नगरपालिकामा माओवादी केन्द्र विजयी


५ जेष्ठ २०७९, बिहीबार

सर्लाही, लालबन्दी – २० वटा  पालिका रहेको सर्लाहीको महेन्द्र राजमार्ग छोएको ४ नगरपालिकामा १ नगरपालिकामा नेपाली कांग्रेस र २ नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएका छन ।

२०७४ सालको स्थानिय निर्वाचनमा नेकपा एमाले ३ नगरपालिका र नेकपा माओवादी केन्द्र १ नगरपालिकामा जितेकोमा २०७९ सालका निर्वाचनमा चार मध्ये एक नगरपालिकामा पनि जित्न नसक्ने स्थिति रहेको छ ।

लालबन्दी नगरपालिकामा नेपाली कांग्रेसका बासुदेब अधिकारी, हरिवन नगरपालिकामा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी र बागमति नगरपालिकामा नेकपा माओवादी केन्द्रका भरत दाहाल विजयी भएका छन ।

जानकारीको अनुसार हरिवन नगरपालिकाका कुनैपनि वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी नभएपनि नगर प्रमुखमा बढाथोकी विजयी भएका हुन ।

ईश्वरपुरमा नेपाली कांगे्रसमा मनोज कुमार आचार्य ६३८२ मतले अगाडी छन भने दोश्रो स्थानमा नेकपा एमालेको मनोज कुमार देवकोटाको ४४९१ मत रहेको छ ।

……..

ईश्वरपुर नगरपालिकामा पनि नेपाली काँग्रेसले मेयर पदमा जितेको छ।