संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै


५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं – आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ । बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रश्ताव बाहेकका विषयमा छलफल हुनेछ ।

बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले बोल्ने क्रम जारी छ । दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ ।