राष्ट्रिय संकल्पको खाँचो छ: जनार्दन शर्मा


५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएका छन ।

अर्थमन्त्री शर्माले बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिर्दै यस्तो बताएका हुन ।

उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफुले अघिल्लो सरकारले बजेट कार्यान्वय गरिरहेको बताए । मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताए ।

उनले त्यो बेला टेन्डर भएका सडकलाई भने आफुले नरोकेको पनि बताए । अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको मन्त्री शर्माले बताए ।

उनले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार,सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिवी अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको बताए ।