गठबन्धनमा इमान्दारिता देखिएन: मेटमणि चौधरी


५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बएका हुन ।

उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताए ।

माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए ।

निर्वाचन मत परिणाम बाट आफुहरु सन्तुष्ट हुन नसकेको उनले बताए । उनले भने – ‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँच दलिय गठबन्धनमा इमान्दारिता हुनुपथ्र्यो, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमान्दारिता देखाउनुपथ्र्यो त्यो देखाउन सकेन । माओवादी पार्टीले आफु एउटा बिजनेश म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकि कुनै ठाउँमा एमालेसँग समेत समन्वय ग¥यो । कांग्रेसले पनि त्यो खालको व्यवहार ग¥यो । त्यसैले हामिले जुन खालको रिजेल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजेल्ट आउन सकेन ।’