यौन दुव्र्यवहारबिरुद्ध बिरोध प्रदर्शन


१२ जेष्ठ २०७९, बिहीबार

काठमाडौं – सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुव्र्यवहारबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शनमा हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले यौन दुव्र्यवहार गर्ने शिक्षाकलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

बिरोध प्रदर्शनमा बोल्दै आन्दोलनरत विद्यार्थी प्रशंसा रायमाझीले गत तीन महिनादेखि विद्यार्थीलाई एक शिक्षकले अफिसमा बोलाएर यौन दुव्र्यवहार गरेको बताए ।